धनगढी: कैलालीमा लागुपदार्थ सेवन गरेर सवारी चलाउने २ चालकलाई नियन्त्रणमा लिइएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका-१३ राजपुरस्थित मोहना-अत्तरिया ६ लेन सडकमा सवारी हाकिरहेको ती दुईजना आज(सोमबार) बिहान पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सुपप्र ०२-००१ ज ३७४ नम्बरको विङ्गरका चालक चालक कञ्चनपुर बेदकोट नगरपालिका-३ बस्ने २२ वर्षीय रमेश टमटा र रा १ च १४७५ नम्बरका जिप चालक दाङको बंगलाचुली गाउँपालिका- ४ बस्ने २५ वर्षीय सोनु नेपाली रहेका छन्।
बिहान ८ बजे ट्राफिक प्रहरी र प्रहरी टोलीले शंकास्पद ५ जना चालकलाई लागुऔषध परीक्षण किटको प्रयोग गरि परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरुमध्ये पक्राउ परेका २ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ। पोजेटिभ आएका चलाकलाई आवश्यक कारबाहीका लागि जिल्ला पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box