धनगढी: धनगढी उप–महानगरपालिका–५ पिपल चौतारामा रहेको एक कस्मेटिक पसलमा आगलागी हुँदा १२ लाख बढीको धनमाल नष्ट भएको छ।
३९ वर्षीया तृप्ती जोशीले सञ्चालन गरेको तृप्ती कस्मेटिक पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box