काठमाडौं: नेपाल बालविकास शिक्षक समिति,गोदावरी नगर,कैलालीले लामो समय बालविकास शिक्षकको रूपमा विद्यालयमा सेवा गरी अवकाश भएका शिक्षक उमाकान्त शर्मालाई सम्मान गरेको छ ।
शर्मालाई बालविकास शिक्षकहरूले ५/५ सय रुपैयाँ उठाई ४० हजार १५० रुपैयाँ जम्मा गरी सो रकम, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको बालविकास शिक्षक समिति सुदूरपश्चिमकी अध्यक्ष लक्ष्मी भट्टले जानकारी दिइन् ।
शर्माले २०६२ सालदेखि अनवरत रूपमा बालविकास शिक्षक भएर विद्यालयमा सेवा गर्दै आएका थिए ।
स्थानीय सरकारले गर्न नसकेको काम बालविकास शिक्षकले गरेको भन्दै शिक्षक शर्माले गहभरि आँसु राखेर धन्यवाद दिए । आफू अवकाश भएर गए पनि बालविकासलाई सधैं सहयोग गर्ने शर्माले बताए ।
Facebook Comments Box