धनगढी: कैलालीको जानकी गाँउपालिकाको खैरीफाँटास्थित अरुणोदय माध्यमिक बिद्यालयमा पुस्तकालय बिस्तार तथा आधुनिकिकरण परियोजनाका लागि रुपारेलिया फाउण्डेसनले पाँच हजार डलर(छ लाख ५० हजार रुपैया) सहयोग गर्ने भएको छ ।
युगान्डाका लागि नेपालका मानार्थ बाणिज्य दुत तथा अफ्रिकाका उद्योगपती डा। सुधीर रुपारेलिया अध्यक्ष रहेको फाउण्डेसनले पुस्तकालय स्थापनाका लागि पाँच हजार डलर सहयोग गर्ने प्रतिबद्धता गरेको हो ।
नाईजेरियामा रहेका गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष तथा डाँगोटे ग्रुपका ग्रुप जनरल म्यानेजर हिक्मत थापाको नेतृत्वमा अरुणोदय माविमा प्रबिधि मैत्री पुस्तकालय स्थापनाका लागि थालिएको अभियानमा रुपारेलिया फाउण्डेसनले सहयोग गरेको हो ।
कैलालीको कटाँसेका स्थायी बासिन्दा थापाले आफूले प्रारम्भिक शिक्षा आर्जन गरेको अरुणोदयमा नेपाल लाईब्रेरी फाउण्डेसनमा पुस्तकालय स्थापनाका लागि सहयोग जुटाईरहेका छन् । थापाले पुस्तकालय स्थापनाका लागि सहयोग गरेकोमा डा.सुधिर रुपारेलिया र रुपारेलिया फाउन्डेसन प्रति आभार व्यक्त गरेका छन् ।