बैतडी: बैतडीको पञ्चेश्वरमा एक बालकको कंकाल भेटिएको छ। १४ वर्षीय रमेश भट्टको कंकाल भेटिएको हो। गत साउन ७ गतेदेखि हराएका भट्टको कंकाल सोमबार फेला परेको स्थानीय विरेन्द्र भट्टले बताए।
पञ्चेश्वर गाउँपालिका ४ कनिना डाङका भट्टको कंकाल खानेपानीको लाइन मर्मतका लागि पुगेका स्थानीयहरुले फेला पारेका हुन्। पञ्चेश्वर गाउँपालिका ३ मड वल्या खोलाको खानेपानी ट्यांकी नजिक भट्टको कंकाल फेला परेको हो खानेपानीको लाइन मर्मत गर्नका लागि पुगेका स्थानीयहरुले शव कुहेको गन्ध आएपछि परिवारलाई खबर गरेका थिए।
रमेशले प्रयोग गरेरका चप्पल र कपडाको आधारमा उनको शव पहिचान भएको थियो। रमेशलाई जंगली जनावरले आक्रमण गरेर मारेको हुनसक्ने अनुमान गरिएको छ।
घरबाट हराएका रमेश सुस्त मनस्थितीका थिए। हराएको दिन नै परिवारले रमेशको खोजीका लागि प्रहरीमा निवेदन समेत दिएको थियो।
Facebook Comments Box