कैलाली: कैलालीको टीकापुरबाट प्रहरीले २ सय मिलीग्राम ब्राउनसुगरसहित १ युवकलाई पक्राउ गरेको छ।
सोमबार दिउँसो टीकापुर नगरपालिका–३ कटानपुरबाट सोही ठाँउका १९ वर्षीय जितु चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय टीकापुरको गस्ती टोलीले शङ्का लागेर चेकजाँच गर्दा चौधरीको साथबाट ब्राउनसुगर फेला परेको बताइएको छ।
Facebook Comments Box