बझाङः बझाङको एक परिवारका सदस्यमाथि मध्यराति अज्ञात व्यक्तिद्वारा चक्कु प्रहार गरिएको छ।
बझाङको सुर्मा गाउँपालिका-३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक बिककी श्रीमती र दुई छोराहरुमाथि सुतिरहेको बेला अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका हुन्।
चक्कु प्रहारबाट २७ वर्षीया सुनिता विक र उनका दुई छोरा ७ वर्षीय आदित्य र ४ वर्षीय आबेल घाइते भएका छन्।
काठमाडौंमा रहेका कलकले चक्कु प्रहार गर्ने व्यक्तिले साथमा रहेको मोबाइलसमेत लुटेर लगेको बताएका छन्। उनले दोषीलाई छिटो समातेर कारबाही गर्न प्रहरीलाई आग्रह गरेका छन्।
घाइते भएका तिनै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
Facebook Comments Box