धनगढी: नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवा प्रमुख अतिथि रहेकाे एक कार्यक्रममा लफडा भएकाे छ।
साेमबार धनगढीकाे साेराइँ बैंकेट पार्टी प्यालेसमा भएकाे नेपाली कांग्रेसकाे क्षेत्र नम्बर ५ काे क्षेत्रिय भेलामा नेविसंघकाे असन्तुष्ट पक्षले ताेडफाेड गर्नका साथै कार्यक्रम ब्यानर झिकिएको थियाे।
कांग्रेसका एक नेताकाअनुसार आरजु कार्यक्रम स्थलमा नपुग्दै नेविसंघकाे केन्द्रीय अधिवेशनलाई लिएर असन्तुष्ट रहेको पक्षले कार्यक्रममा लफडा गरेकाे थियाे। लफडाकाबीच मञ्चमा राखिएको पानसमा बत्ती बाल्ने दियाे लगायतका सामान फुटेका थिए भने ब्यानसर समेत निकालिदिएका थिए।
विवाद शान्त भएपछि क्षेत्रिय समितिले फेरि ब्यानर लगाएर कार्यक्रम गरेकाे थियाे। क्षेत्रिय भेलामा आफ्नो पदीय मर्यादा बिर्सिएका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भाैतिक मन्त्री प्रकाश देउवा,प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त, धनगढीका पूर्व मेयर नृपबहादुर वड लगायत सहभागी थिए।