धनगढी: उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भेट गरेका छन्। हिजो थपलिया खड्कासँग कुराकानी गर्न सिंहदरबार पुगेका थिए।
भेटमा थपलियाले रिक्त केही स्थानमा हुनुपर्ने उपनिर्वाचनबारे छलफल गरेको रक्षा मन्त्रालय स्रोतले बताएको छ।
अब गृहमन्त्रीको जिम्मेवारीमा रहेका अर्का उपप्रधानमन्त्रीसँग पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले भेट गर्ने कार्यक्रम छ।
निर्वाचन ऐन संशोधनको विषय पनि सरकारलाई जानकारी गराउनुपर्ने भएकाले आयोगका अधिकारीहरुले भेटघाटलाई महत्व दिएका छन्। यसबीच बझाङ १ बाट निर्वाचित प्रदेश सभा सदस्य तथा सुुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको कच्चा चालकको लापरबाहीका कारण सवारी दुर्घटनामा निधन भएको छ। सोही निर्वाचन क्षेत्रमा गर्नुपर्ने चुनावबारे आयोगले चासो राखेको छ। त्यसको निम्ति
बजेट र समयको जोहो गर्नुपर्ने हुन्छ।
आयोगका एकजना उच्च अधिकारीका अनुसार उपननिर्वाचनको निम्ति कम्तीमा एक करोड रुपैयाँ बजेट आवश्यक पर्छ। साथै, प्रदेशभरको मतदाताको नामावली तयार गर्नुपर्ने हुन्छ। प्रदेशभरको मतदाता उम्मेदवार बन्न पाउने भएकाले त्यो बाध्यतामा आयोग देखिन्छ।
सत्ता गठबन्धनबाट काँग्रेसका सिंह गत आमनिर्वाचनमा विजयी भएका थिए। चाडै नै उपनिर्वाचन गर्नेगरी आयोगले तयारी थालेको बताइएको छ।