धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो बोलाएको सर्वदलीय बैठक स्थगित गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थताको कारण आजको बैठक रोकिएको बताइएको छ।
अध्यक्ष ओलीले ज्वरो आएको कारण जनाउँदै आजको बैठकमा उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगित भएको हो।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठनको माग गर्दै झण्डै एक महिनादेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ।
Facebook Comments Box