धनगढी: धनगढीमा पहिलोपटक एएमसी कप हुने भएको छ।
ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले पहिलोपटक प्रदेशस्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगितासहित उक्त कप आयोजना गर्न लागेको हो।
स्ववियुका अध्यक्ष कुबेर खड्काका अनुसार सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई समेटेर उक्त प्रतियोगिता हुने छ। उक्त प्रतियोगिताको विजेतालाई नगद ८१ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ।
यस्तै दोस्रो र तेस्रो एवं अन्यलाई पनि पुरुस्कृत गरिने बताइएको छ। विद्यार्थीहरुको खेल क्षमतालाई प्रवर्द्धन र विकास गर्न सो कप आयोजना गरिन लागेको हो।
Facebook Comments Box