काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतलाई स्थानीय तहमा कामकाज गर्नेगरी खटाएको छ ।
मन्त्रालयले भर्खरै पास आउट भएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ब्याट ३६ का सबै शाखा अधिकृतहरू (८० जना) लाई रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको हो ।
नवनियुक्त शाखा अधिकृतहरूको लोकसेवा आयोगको योग्यता क्रमलाई ६० प्रतिशत र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको तालिमको योग्यता क्रमलाई ४० प्रतिशत मानी योग्यता क्रम निर्धारण गरी योग्यता क्रमका आधारमा रिक्त स्थानीय तह छनौट गर्न अवसर दिई सोही आधारमा पदस्थापन गरेको जनाएको छ ।
Facebook Comments Box