कैलाली: सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूलाई सवारीसाधन लगायत सुविधा बढाउन नियमावली संशोधन गर्ने तयारी भएको छ। प्रदेश सभा नियमावली २०७४ संशोधन गर्न लागिएको हो।
नियमावली संशोधन गर्नका लागि नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव सोमबार बसेको प्रदेश सभा बैठकबाट बहुमतले पारित भएको छ।
मस्यौदा समितिको सदस्यमा प्रदेश सभा सदस्यहरू विक्रमसिंह धामी, मानबहादुर धामी, सुरेन्द्रबहादुर पाल, खुसीराम डङ्गौरा थारू, प्रकाश रावल, खेमादेवी विष्ट र डा. ताराप्रसाद जोशी रहेका छन्।
Facebook Comments Box