बैतडी: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीका ५ गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले नयाँ नियुक्त भएका, ६ महिना तालिम सकेका शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार बैतडीका सिगास, शिवनाथ, पञ्चेश्वर, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ। यसअघि ती स्थानीय तहहरुमा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले काम गर्दै आएका थिए।
सिगास गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कृष्णप्रसाद घिमिरे, शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुशीलकुमार साह र पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा उज्ज्वल आनन्दलाई खटाइएको छ।
यस्तै दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गजेन्द्रप्रसाद थारु र डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रंजय पटेललाई खटाइएको छ।