धनगढी: कैलालीको कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी लडेर घाइते भएका छन्। उनी आफ्नै घरको आँगनमा चिप्लिएर घाइते भएका हुन्।मंगलबार उनी दिउँसो पालिकाकै कामका लागि घरबाट निस्किने समयमा हसुलियास्थित आफ्नै घरको आँगनमा लडेका थिए।
लडेर घाइते भएका उनको दायाँ हात भाँच्चिएको छ। धनगढीको निसर्ग अस्पतालमा सामान्य उपचारपछि अपरेसनका लागि मंगलबार साँझ नै उनलाई काठमाडौँ छ।
उनको कुममा चोट लागेका बताइएको छ।
Facebook Comments Box