धनगढी: धादिङको छहरा भन्ने ठाउँमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। आज बिहान काठमाडौंबाट पश्चिम आउँदै गरेको बस त्रिशुली नदीमा खसेको हो।
प्रहरीका अनुसार पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
गजुरी गाउँपालिका २ चालिसे भन्ने ठाउँबाट बस त्रिशुली नदीमा खस्दा अहिलेसम्म आठ जनाको शव निकालिएको वडाध्यक्ष द्राेण कँडेलले जानकारी दिए।
उनका अनुसार २० जना घाइतेहरूलाई उद्धार गरेर अस्पताल लगिएको छ। ‘आठवटा शव निकाल्याैँ । २० जना जति घाइतेलाई अस्पताल पठायाैँ। पूरा विवरण एकछिनमा आऊला’, उनले भने, ‘हामी उद्धारमै छाैँ।’
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस अनियन्त्रित भई त्रिशुली नदीमा सडकबाट नदीमा खसेको बताइएकाे छ।
Facebook Comments Box