डोटीः डोटी जिल्ला सदरमुकामदेखि प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडको प्रवेशद्वार झिग्राना जोड्ने सडक ४ दिनदेखि अवरुद्ध भएको छ।
लगातारको वर्षापछि बुधबार बिहान आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो। बाटेओखर भन्ने ठाउँमा सडकमाथिबाट ठूलो पहिरो आएका कारण सडक पूर्णरुपमा अवरुद्ध भएको डोटी प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि एम्बुलेन्स समेत चल्न नसक्दा उक्त क्षेत्रका बिरामीहरुलाई बोकेर ल्याउनु पर्ने अवस्था सिर्जना भएको छ।
बुधवार गएको पहिरो पन्छाएपनि बिहीवार पुन: पहिरो गएपछि सडक अवरुद्ध भएको जनाएको छ। ठाउँ–ठाउँमा भएका सानातिना अवरोधहरु नेपाली सेनाले हटाएपनि उक्त पहिरो हटाउन मेसिन ल्याउनुपर्ने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए। प्रमुख जिल्ला अधिकारी अर्यालले आजसम्म बाटो सञ्चालन हुने बताएका छन्।
Facebook Comments Box