कञ्चनपुर– कैलालीमा आफ्नै शरीरमा आगो लगाएका एक युवकको मृत्यु भएको छ । बिहीबार राति मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा डिजल छर्की आगो लगाएका जिल्लाको कैलारी गाउँपालिका–२ मझेराका २९ वर्षीय अम्मर चौधरीको मृत्यु भएको हो ।
आगो लागेर गम्भीर घाइते भएका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
Facebook Comments Box