कैलाली: कैलालीमा झण्डै ५ लाख स्रोत नखुलेको भारतीय रुपैयाँ र लागुऔषधसहित एक जना पक्राउ परेका छन् । बिहीवार दिउँसो १ बजेको समयमा जिल्लाको गोदावरी नगरपालिका-१ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा पक्राउ परेका हुन् ।
उनको शरीर र घरभित्र ग्यालरीको भित्तामा रहेको प्वालमा सुर्तीको कभरमा लुकाइ छिपाइ राखेको २ ग्राम १९० मिलिग्राम लागुऔषध फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
त्यस्तै, उनको घरमै स्ल्याबमा राखेको पंखाको कभर (कार्टुन)भित्र स्रोत नखुलेको ४ लाख ७४ हजार ५ सय भारतीय रूपैयाँ समेत फेला पारी बरामद गरिएको बताइएको छ । तिरुवालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Facebook Comments Box