कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित चार युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको भीमदत्त नगरपालिका४ बाट शून्य दशमलव ०१५ ग्राम लागुऔषधसहित चार जना पक्राउ परेका हुन् ।
डोटीको पूर्वीचौकी गाउँपालिका-५ का २७ वर्षीय केशु साहु, डडेल्धुराको आलिताल गाउँपालिका-७ का २८ वर्षीय बलबहादुर बुढा क्षेत्री, कञ्चनपुरको वेदकोट नगरपालिका-९ का २६ वर्षीय नवीन भट्ट र सोही ठाउँका ३० वर्षीय सिद्धराज पनेरुलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Facebook Comments Box