धनगढी: गृहमन्त्रालयले सुदूरपश्चिमका २ जिल्लामा नयाँ सिडिओको सरुवा गरेको छ। आज (शुक्रबार) गृहले सुदूरपश्चिमका डडेल्धुरा र बाजुरामा नयाँ सिडिओ पठाएको हो।
गृह स्रोतका अनुसार अञ्जन न्यौपानेलाई डडेल्धुराको सिडिओमा सरुवा गरिएको हो। यस्तै भीमकान्त पौडेललाई बाजुरा पठाइएको छ।
यसअघि बाजुरामा पुष्कर खड्का र डडेल्धुरामा विश्वराज न्यौपाने सिडिओ थिए।
Facebook Comments Box