काठमाडौं : गृह मन्त्रालयले १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।
इलाका प्रशासन कार्यालय, कटारीमा कार्यरत उपसचिव चेतराज बरालालई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय, भोजपुरको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।
यस्तै अञ्जन न्यौपानेलाई डडेल्धुरा, भीमकान्त पौडेललाई बाजुरा तथा जनकराज पन्तलाई मुस्ताङको सीडीओका रुपमा खटाइएको छ।
Facebook Comments Box