काठमाडौं: प्रतिनिधि सभा सदस्य तथा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति डा. आरजु राणा देउवा र नेपालका लागि दक्षिण कोरियाका राजदूत तेइ योङ पार्कबीच शुक्रवार भेटवार्ता भएको छ।
भेटमा राणाले कोरिया सरकारबाट खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माण, धनगढीमा रहेको होल्डिङ सेल्टरमा महिला तथा बालबालिकाको अस्पताल सञ्चालन र सुदूरपश्चिममा प्राबिधिक तालिम केन्द्र स्थापनाका लागि सहयोग गर्न आग्रह गरिन्।
खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माणले सुदूरपश्चिमका पहाडी जिल्लासंगको तराईको दूरी अत्यन्त छोटो हुने र त्यसले पहाडी जिल्लामा जलविद्युत आयोजना निर्माण समेत अत्यन्त सहज हुने उनले बताइन्।
Facebook Comments Box