धनगढीः धनगढी उपमहानगरपालिकाका नगर प्रहरीलाई अग्नि नियन्त्रण तथा उद्धार तालिम दिइएको छ।
महानगरपालिकाको सुपर परियोजनामार्फत उनीहरूलाई भदौ १९ गतेदेखि २२ सम्म चार दिन तालिम दिइएको हो।
नगर प्रहरी र दमकल इकाईका २६ जना कर्मचारीहरूलाई अग्नि नियन्त्रण कसरी गर्ने र उद्धार कसरी गर्ने भन्ने बारेमा सहभागीलाई विभिन्न सिप, तालिम तथा अभ्यास गरेर सिकाइएको तालिम प्रशिक्षक किशोर भट्टाईले बताए।
उनले फायर साइडमा पानी कसरी सप्लाई गर्ने, ६/७ तला भएको घरमाथी पानी कसरी लैजाने, आगलागी भएको क्षेत्रबाट मानिसहरूको उद्धार कसरी गर्ने, औषधि उपचार कसरी गर्ने सम्बन्धी तालिम दिइएको बताए।
धनगढी उपमहानगरपालिकाको कार्यालयमा २४ सै घण्टा नगर प्रहरी रहने व्यवस्था छ। समस्यामा रहेका नागरिकलाई ०९१–५९०६९० र १८१०५००००९० मा सम्पर्क गर्न उपमहानगरपालिकाले आग्रह गर्दै आएको छ।
Facebook Comments Box