धनगढी: डडेल्धुरामा अटो दुर्घटनामा परेको छ। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको आलिताल गाउँपालिका-१ मेलखर्क नजिक बुधबार साँझ अटो दुर्घटनामा परेको हो।
कैलालीको अत्तरियाबाट डोटीतर्फ जाँदै गरेको अटो दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकोमा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
उनका अनुसार दुर्घटनामा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशब महराको मृत्यु भएको हो। यस्तै अटोमा सवार बिरबहादुर कुँवर घाइते छन्।
उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पुगाइएको छ। दुर्घटनाको कारण खुलेको छैन।
Facebook Comments Box