धनगढी: कैलालीमा एक सशस्त्र प्रहरीले उपद्रो मच्चाएको पाइएको छ। मंगलबार राति सशस्त्र प्रहरीका जवान पर्शु मगरले उपद्रो मच्चाएका हुन्।
स्रोतका अनुसार मदिरा सेवन गरेका मगरले त्यो राति चुरे गाउँपालिका वडा नम्बर ४ बालुवागडामा बबाल गरेका थिए। उनी रातिको समयमा एक एक्लै बस्ने महिला (बूढो विदेश) घरमा पसेपछि गाली गरेर बबन्डर मच्चिएको थियो।
मगरको चितवन दरबन्दी रहेकोमा उनी बिदामा घर आएको बताइएको छ।
त्यहाँका प्रहरीका अनुसार मगरले तीजको डान्स कार्यक्रम सकेर घर गएकी महिलाको पछि लागेर रोमान्स गर्ने भन्दै ढोका खोल्न दबाब दिएका थिए। त्यसपछि महिलाले आफन्तलाई बोलाएपछि मगर त्यहाँबाट भागेका थिए।
त्यसपछि प्रहरीमा निवेदन परेकोमा आज भने उनीहरु दुवैको मिलापत्र भएको छ। इलाका प्रहरी कार्यालय चौमालामा उनीहरुको मिलापत्र भएको हो।
त्यहाँका इन्चार्ज सई रामसिंह बोहराले ल्याएर दुवै जनाको सहमतिमा मिलापत्र गराइएको जानकारी दिए। मिलापत्रका लागि सशत्र जवानले माफी मागेका थिए।