काठमाडौँ: नेकपा (एमाले)ले संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।
पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा विचार गोष्ठी गर्ने निर्णय गरेको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्बोधन गर्नेछन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेश, उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुदूरपश्चिम प्रदेश, उपाध्यक्ष रामबहादुर थापा कोशी, उपाध्यक्ष युवराज ज्ञवाली लुम्बिनी, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य गण्डकी र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने बताइएको छ ।
Facebook Comments Box