धनगढी : सरकारले ३ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत एआईजीहरूको सरुवा गरेको हो।
जस अनुसार मानवस्रोत विभागका नारायणदत्त पौडेललाई सीमा सुरक्षा विभाग, कार्यविभागका चन्द्रप्रकाश गौतमलाई मानव स्रोत विभाग र सीमा सुरक्षा विभागका वंशिराज दाहाललाई कार्य विभागमा सरुवा गरिएको छ।
एआईजीको सरुवा लामो समयदेखी रोकिएको थियो। नारायणदत्तले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको पावर लगाएर सरुवा रोकेका थिए।
खड्का काँग्रेस उपसभापति समेत हुन्। खड्का र पौडेल यी दुबैको घर सुर्खेत हो।
खड्कासँग निकट रहेका उनी खड्काकै पावरमा सशस्त्रमा जागिर खाइरहेका छन्। उनीले पटकपटक राजनीतिक दम्भ देखाइरने गरेको आरोप लाग्दै आएका छ।
हेर्नुहोस् मन्त्रिपरिषदको निर्णय
Facebook Comments Box