काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालका खरिदारलाई घुससहित पक्राउ गरेको छ ।
मालपोत कार्यालय टोखा, सरस्वती, काठमाडौंको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीलाई अख्तियारले २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले खरिदार तिवारीलाई पक्राउ गरेको हो ।
सेवाग्राहीबाट बीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बण्ढाइएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
Facebook Comments Box