काठमाडौं: कैलालीका प्रकाश खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको पाइएको छ। जिल्लाको टीकापुर घर भएका खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
ज्यान मार्ने उद्योगसम्बन्धिको मुद्दामा खड्कालाई पक्राउ गर्न पुर्जी जारी गरिएको टिकापुर प्रहरी स्रोतले जनायो।
स्रोतका अनुसार काठमाडौंस्थित महाराजगन्ज प्रहरी वृतबाट पक्राउ पुर्जी जारी भएकोले खड्कालाई समात्न भन्दै टिकापुर प्रहरीलाई पत्रसमेत काटिएको छ।
दुई दिनअघि खड्कालाई समात्न भन्दै काठमाडौंबाट पत्र आएको टिकापुर प्रहरी स्रोतले पुष्टि गरेको छ। खड्का नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमका नवनिर्वाचित सचिव समेत हुन्।
Facebook Comments Box