काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपुलमा भेटवार्ता सुरु भएको हो।
यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपुलमा स्वागत गरेका थिए। ग्रेट हल अफ दि पिपलमा प्रधानमन्त्री दाहाललाई गार्ड अफ अनर प्रदान गरिएको छ। दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले सोमबार बिहान गार्ड अफ अनर प्रदान गरेको हो।
उनीहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ। भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता छ। भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ। वार्तामा विभिन्न विषयमा छलफल र सम्झौताको तयारी छ।