डडेल्धुराः बझाङमा आफ्नै दाजु जैलु मण्डेलको हत्या आरोपमा प्रहरीले भाइ बिजुली मण्डेललाई पक्राउ गर्यो। शुक्रबार साँझ छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको हत्या गरेर बिजुली फरार थिए।
बिजुलीलाई ३ दिनपछि आज बिहान प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गरेको थियो। घट्टे गाउँमाथिको कडेल टावर भएको जंगल नजिकैको घरबाट पक्राउ परेका थिए, बिजुली।
तर, अहिले सामाजिक सञ्जालमा भाइरल भएको फोटोमा प्रहरीले बिजुलीको हातमा हत्कडी नलगाएर डोरीले बाँधेको देख्न सकिन्छ।
फोटोमा दुई जना सादा पोसाकमा खटिएका प्रहरी छन्। एक जनाले बिजुलीको पछाडि हात बाँधेर डोरी समातेका छन् भने अर्का एक जना लठ्ठी समातेर हिँड्दै गरेका छन्।
समााजिक सञ्जालमा फोटो सेयर गर्दै बझाङ प्रहरीसँग हत्कडी नभएकोले डोरीले बाँधेको भन्दै धेरैले प्रहरीमाथि व्यङ्ग्य गरेका छन्।
किन बिजुलीको हात डोरीले बाँधेको त ? भनेर यसबारेमा सत्य तथ्य बुझ्न हामीले बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहलाई सोध्यौं।
डीएसपी शाहकाअनुसार जंगल गएको टोलीसित २ वटा हतकडी रहेको थियो। तर, प्रहरीको टिमले खोज्दा फेला पार्नेसँग हत्कडी नभएकाले उनको डोरीले हात बाधिएको हो।
‘सुरुमा डोरीले बान्यौ, पछि थप प्रहरी पुगेपछि हत्कडी लगाइएको हो,’ उनले भने।
अहिले बिजुलीलाई जिल्ला पुगाएर म्याद थपका लागि अदालत लैजान लागिएको उनले बताए।