धनगढी: गृह मन्त्रालयले वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत डीएसपी वेदप्रकाश जोशीको समय नपुग्दै सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुबेर कडायतले जोशीलाई आज हेडक्वाटर तानिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए।
कैलाली बस्दासमेत विवादित बनेका जोशीलाई फितलो कमान्डका कारण तानिएको स्रोतले जनाएको छ। जोशीलाई त्यहाँबाट तानेर उनको स्थानमा राजेन्द्र श्रेष्ठलाई पठाइएको छ।
यस्तै, अनुसन्धान अवधिभरका लागि प्रहरी निरीक्षक मदन श्रेष्ठलाई पनि निलम्बन गगरिएको छ। श्रेष्ठ उनै प्रहरी हुन्, जसले डाक्टर कुटिएका मणिपाल अस्पतालमा पुगेर आफूले नै अर्का डाक्टरलाई रगताम्य हुने गरी कुटेर आएको बताएका थिए।
उनीमाथि गृह मन्त्रालयले छानबिन गर्न समिति बनाएको र उक्त अवधिसम्मका लागि श्रेष्ठलाई निलम्बन गरिएको प्रहरी स्रोतले जनायो।
Facebook Comments Box