धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामै हतियारको कारोबार हुने गरेको छ। हिजो मात्रै उपमहानगरपालिका-१३ श्रीलंकाबाट एकजना कारोबारी पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा २८ वर्षीय सरोज धानुकले हतियारको कारोबार गरिरहेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनको साथबाट कटुवा पेस्तोल १ थान र गोली ४ राउण्ड फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बताइएको छ।
Facebook Comments Box