धनगढीः धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हुने उडान पुनः सुचारु भएको छ। पाँच महिनादेखि रोकिएको उडान सेवा पुनः सुचारु भएको हो।
गत चैतदेखि बझाङ, बाजुरा र अछामको हवाई उडान नगरेको समिट एयरले बिहीबारदेखि नियमित उडान सुरु गरेको जनाएको छ। समिट एयरका सुदूरपश्चिम प्रमुख किशोर खड्काले बिहीबारदेखि नियमित उडान सुरु गरिएको जानकारी दिए। उनकाअनुसार अबदेखि तीनै जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुनेछ। खड्काले प्रत्येक हप्ताको सोमबार र बिहीबार बझाङ, बाजुरा र अछाम उडान गरिने बताए।
समिट एयरले धनगढी–बझाङको भाडादर ७ हजार रुपैयाँ कायम गरिएको जनाएको छ। बाजुराको भाडादर ७ हजार ५ सय र अछामको भाडादर ५ हजार कायम गरिएको छ। समिट एयरले धनगढीदेखि बझाङ २२ मिनेट, अछाम १७ मिनेट र बाजुरा २८ मिनेटको उडान अवधि रहने जनाएको छ।
Facebook Comments Box