काठमाडौँ– भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ । निरन्तर मूल्य बढिरहेका बेला गएको शनिबार भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४.७९ रुपैयाँले घटेको आएको हो ।
मूल्य घटेर आएपनि नेपालमा तत्कालन मूल्य नघटाइने नेपाल आयल निगमले जनाएको छ । अर्कोतर्फ नयाँ मूल्यअनुसार डिजेलमा प्रति लिटर २.०२ रुपैयाँ, हवाई इन्धनमा ०.३८ रुपैयाँ बढेर आएको निगमको विज्ञप्तिमा उल्लेख छ ।
तर, निगमलाई आगामी १५ दिनमा करिब ३ अर्ब ७४ करोड घाटा हुने स्थिति देखिएको विज्ञप्तिमा भनिएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यमा खासै कमी नआएको पनि जनाएको छ ।
Facebook Comments Box