काठमाडौं : नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि – २० विश्वकप एसिया फाइनल छनोट खेलमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो।
मलेसियाका कप्तान फायज अहमदले टस जितेपछि नेपाललाई बलिङ गर्ने निम्तो दिएका हुन्।
नेपालको प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन्। दीपेन्द्रसिंह ऐरी घाइते भएपछि यादवले स्थान पाएका हुन्।
कप्तान पौडेलले पावर प्लेमा थप राम्रो प्रदर्शन गर्ने दाबी गरे। ऐरीको बारेमा शुभ समाचार नभएको भन्दै उनले अर्को एमआरआई गरेपश्चात मात्र तत्काल टीममा फर्कने नफर्कने टुंगो लाग्ने बताए।
यता मलेसियाले आज दुई जना खेलाडि परिवर्तन गरेको छ। कप्तान अहमदका अनुसार आजको म्याचमा अहमदसँगै धिरानदीप सिंह, सायद अजिज, विजय उन्नी, मुहमद अमिर, आइनोस हफिज, पवनदीप सिंह, जुबैदी जुलफिक्री, स्याजरुल इद्रुस, सार्भिन मुनियान्डी र फित्री साम खेल्नेछन् ।
नेपाधिको प्रमुख दाबेदार नेपालले सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। प्रतियोगिताको सुखद सुरुवात गरेको घरेलु टोली नेपालले लगातार दोस्रो जित निकाल्ने दाउमा छ। मलेसियालाई हराउँदा नेपालको सेमिफाइनल यात्रा पक्का हुनेछ।