दार्चुला – दार्चुलाको विगट गाउँपालिका अपि हिमालमा एमालेले चुनाब लक्षित घरदैलो अभियान सुरु गरेको छ ।
स्थानिय चुनाबको मिति नजिकिए संगै एमाले अपि हिमाल गाउँपालिकामा घरदैलो कार्यक्रम सुरु गरेको हो ।एमाले अपि हिमालेले गाउँपालिकाका सम्पुर्ण वडाहरुमा घरदैलो अभियान संचालन गरेको नेपकपा एमालेका नेता तथा गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिएका छन् ।
बुधबार आज पहिलो दिन गाउँपालिकाको वडा न २ को पाटु र लिथीबस्तीमा घरदैलो अभियान सुरु गरेको जनाएको छ । यस्तै आज बेलुकी वडा नम्बर २ को सकार हुदैै दैभात सम्मको घरदैलो अभियान संञ्चालन हुने अध्यक्ष मन्यालले जानकारी दिए । अध्यक्ष मन्यालका अनुसार अपि हिमाल गाउँपालिकामा आफुले पाच वर्षेकार्यकाल सम्म गरेका काम गर्न नसकेका काम जनता माझ गएर भन्दै भोट माग्न थालेको बताएका छन । पाच वर्ष सम्म अपिका लागि थुप्रै नयाँ काम गरेको जनाएको छ ।आफनो पाच वर्ष पहिले गरेका वाचाहरु पुरा गरेको पनि अध्यक्ष मन्याले बताए । घरघरमा धाराजडानको काम पनि पुरा भएको तथा उज्यालो अपि कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
हामीले नागरिकसँग वाचा गरेका ९० प्रतिशत काम पूरा भएका छन् । केही काम अधुरा हुने वाला छन् । तर, त्यसको कारण छ । हामी निर्वाचित भएर आइरहँदा कर्मचारी थिएनन् । वडामा सचिव थिएनन् । सामाजिक परिचालकबाट डेढ वर्ष काम ग¥यौँ। केही कर्मचारी आउनुभयो । तर, अहिले पनि हाम्रोमा कर्मचारी अभाव उस्तै छ । दार्चुलामा चिसो मौसममा जनजीवन कष्टकर हुने गर्छ । चिसो र हिमपातबाट आइलाग्ने विपद्बाट पालिकाबासीलाई जोगाउन गाउँपालिकाले विभिन्न कार्यक्रम गर्यो । ज्येष्ठ नागरिक, दीर्घ रोगीका लागि थर्मस, ज्याकेट वितरण गर्ने गरेका छौँ । नेपालकै लामो पर्यटकीय पदमार्ग हाम्रो पालिकामा सबैभन्दा ठूलो बनाउने लक्ष्यसहित ८ हजार ४ सय ८२ खुड्किलासहितको बाटो निर्माण गरेका छौँ । सुरुदेखि नै दीर्घकालीन योजना बनाएका थियौँ । अहिले चुनावमुखी कार्यक्रम छैनन् । नियमित कार्यक्रम सञ्चालनमा छन् । हामीले उज्यालो अपि कार्यक्रम घोषणा गरेका थियौँ ।
पाथाघट्टे खोलामा त्यो निर्माण सम्पन्न उन्मुख छ । मंसिरमै टेन्डर हुने गरी १ र २ नम्बर वडामा ९८ किलोवाटको सोलार मिनिग्रेट जडान गर्ने योजनामा छौँ । अबको ५ महिनामा उज्यालो अपि बन्ने निश्चित छ । यस्तै कामका साथ आज बाट घरदैलो कार्यक्रम सुरु गरेको उनको भनाइ रहेको । घरदैलो कार्यक्रममा उपाध्यक्ष उर्मिला बोहरा लगायत स्थानीय कार्यकर्ताहरुको सहभागिता रहेको जनाएको छ ।