बझाङ– बझाङमा सत्ता गठबन्धन दलले आगामी निर्वाचनका लागि स्थानीय तहको भागबण्डा टुंग्याएको छ ।
दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह रहेको बझाङमा काँग्रेसको भागमा सात स्थानीय तह परेका छन् । काँग्रेसले सात पालिका प्रमुख र ६ पालिकाको उपप्रमुख पाएको छ ।
माओवादी केन्द्रको भागमा दुई पालिका प्रमुख र चार पालिका उपप्रमुख परेका छन् भने एकीकृत समाजबादीको भागमा तीन पालिकाको प्रमुख र दुई पालिकाको उपप्रमुख परेका छन् ।
नेपाली काँग्रेसको भागमा दुई नगरपालिकासहित ५ गाउँपालिका परेका हुन् । जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका र सुर्मा गाउँपालिका काँग्रेसले पाएको छ ।
एकीकृत समाजवादीले तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिका पाएको छ । माओवादी केन्द्र दुर्गाथली गाउँपालिका र छविसपाथिभेरा गाउँपालिका पाएको छ ।