काठमाडौं : नेपाललाई तेस्रो सफलता मिलेको छ। सन्दिप लामिछानेले महत्वपूर्ण विकेट लिएका हुन्।
उनले यूएईका आशिफ खानको विकेट लिएका हुन्। खानले १४ बलमा १३ रन बनाए। यसअघि युएईका आक्रामक ब्याटर कप्तान मुहम्मद वासिम २६ रन बनाएर आउट भएका छन्।
उनको विकेट सोमपाल कामीले लिएका हुन्। १६ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे।
टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मुलपानीमा भइरहेको युएईविरुद्धको सेमिफाइनलमा यसअघि नेपालले खालिद साहलाई रनआउट गरेको थियो। उनी ३ रन बनाएर पेभेलियन फर्किएका थिए।
११ ओभरको समाप्तिमा युएईले ३ विकेटको क्षतिमा ७५ रन बनाएको छ।
Facebook Comments Box