काठमाडौं : नेपाललाई चौथो सफलता मिलेको छ। कुशल मल्लले महत्वपूर्ण विकेट लिएका हुन्।
उनले यूएईका अलिशान शराफुको विकेट लिएका हुन्। शराफुले १४ बलमा १६ रन बनाए। सन्दिप लामिछानेले आशिफ खानको विकेट लिएका हुन्। खानले १४ बलमा १३ रन बनाए।
युएईका आक्रामक ब्याटर कप्तान मुहम्मद वासिम २६ रन बनाएर आउट भएका छन्। उनको विकेट सोमपाल कामीले लिएका हुन्। १६ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे।
टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मुलपानीमा भइरहेको युएईविरुद्धको सेमिफाइनलमा यसअघि नेपालले खालिद साहलाई रनआउट गरेको थियो। उनी ३ रन बनाएर पेभेलियन फर्किएका थिए।
Facebook Comments Box