काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो बोलाइएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उनका अनुसार बैठकमा आसन्न स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारको मापदण्डबारे छलफल हुनेछ ।
सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट एमालेले सचिवालय बैठक बोलाएको हो । आजको बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने उपमहासचिव रिमालले जानकारी दिए ।
Facebook Comments Box