धनगढी: धनगढीमा मदिरा सेवन गरेर प्रहरीमाथि कुटपिट भएको छ।
शनिबार राति धनगढीकाे राजपुर चाेकमा माेटरसाइकल चेकजाँचका क्रममा भएकाे विवादमा कुटपिट गर्ने खडक कुँवरसहितका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
खसीकाे काराेबार गर्दै आएका उनीहरूले राजपुर चाेकमा प्रहरी सहायक निरीक्षक बहादुरसिंह ऐरीसहितका प्रहरीमाथि हातपात गर्दै कुटपिट गरेका थिए।
Facebook Comments Box