बैतडीः बैतडीबाट बलात्कारमा संलग्न रहेकी फरार प्रतिबादी पक्राउ परेकी छिन्। हाडनाता करणी मुद्धामा सिगास गाउँपालिका–३ रक्सौन बस्ने ३० वर्षीया राजमती धामी शनिबार साँझ पक्राउ परेकी हुन्।
२०७३ असार १८ गते उनलाई जिल्ला अदालत बैतडीले १ वर्ष कैद सजाय सुनाएको थियो। त्यसपछि फरार रहेकी धामीलाई प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले घरमै फेला परेको बताइएको छ।
उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
Facebook Comments Box