जुम्ला : जुम्लामा अटो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको हिमा गाउँपालिका १ देयार गाँउका अटो चालक ४५ वर्षीय पदमबहादुर शाही र सोही ठाउँका ४२ वर्षीय बली रोकाय रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। उक्त घटनामा अटोमा सवार ४१ वर्षीय नन्द रोकाय गम्भीर घाइते भएका छन् ।
उनको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। गए राति हिमा १ बड्कीस्थित नाग्म मुगु सडक खण्ड भएर जुम्ला बजारदेखि देयारगाउँतर्फ जाँदै गरेको भे १ ह ३१९७ नम्बर को अटो सडकबाट अन्दाजी १५० मिटर तल हिमा नदी को किनारामा खसेको थियो।
Facebook Comments Box