काठमाडौं : टी–२० विश्वकप छनोट फाइनलमा नेपालले सुरूवाती विकेट गुमाएको छ ।
युएइविरूद्धको खेलमा उत्कृष्ट ब्याटिङ गरेका आसिफ शेख बिलाल खानको बलमा आउट भएका छन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले तेस्रो ओभरको चौथो बलमा विकेट गुमाएको हो । आसिफले ६ बलमा ६ रन बनाए । उनले एक छक्का हानेका थिए ।
१५ रनको अवस्थामा पहिलो विकेट गएपछि तेस्रो नम्बरमा सन्दीप जोरा क्रिजमा आएका छन् ।
Facebook Comments Box