काठमाडौं : टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ।
खेलमा कप्तान रोहित पौडेलले अर्धशतक पुरा गरेका छन्। उनले ३७ बलमा ५२ रन बनाए।
करण केसीले ६ बलमा २० रन बनाए। यसअघि गुलशन झाको विष्फोटक ब्याटिङमा २५ बलमा ५५ बनाएर आउट भएका थिए।
चौथो विकेट गुमेपछि क्रिजमा आएका उनले २० बलमा पाँच चौका र चार छक्का हानेका थिए।
यसअघि ब्याट्सम्यान विवेक यादव १, कुशल मल्ल तीन रन बनाए। यसतै, कुशल भुर्तेल ३१,सन्दिप जोरा १०,आशिफ शेख ६ रन बनाएर आउट भए। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधिका लागि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।
Facebook Comments Box