काठमाडौँ : पूर्व राज्यमन्त्री तथा एलए एजुकेशन गुप्रका संस्थापक उमेश श्रेष्ठले भूकम्पमा बाबुआमा दुवै गुमाउने छात्रछात्रालाई २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका छन् ।
जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी बाबुआमाविहीन भएका १० जना छात्रछात्रालाई उच्च माध्यमिक तहसम्म आवासीय सुविधासहितको निःशुल्क शिक्षा प्रदान गरिने उनले जनाएका छन् ।
छात्रछात्रा ५र५ जनालाई एलए ग्रुप अन्तर्गतका शिक्षणसंस्थाबाट आवासीय सुविधा सहितको निःशुल्क शिक्षा प्रदान गरिने उनको भनाइ छ ।
‘एलए एजुकेसन ग्रुपका संस्थापकद्वय हामी (उमेश श्रेष्ठ तथा विद्या लिम्बू) ले जाजरकोट र रूकुम पश्चिममा गएको विनाशकारी भूकम्पले जनधनको ठूलो क्षति पुर्याएकोप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त विपत्तिमा आमाबाबु दुवैजना गुमाएका १० जना बालबालिकाहरू ९५ छात्र र ५ छात्रा०का लागि उच्च माध्यमिक तहसम्म एलए ग्रुप अन्तर्गतका शिक्षण संस्थाहरूबाट आवासीय सुविधासहितको निःशुल्क शिक्षा प्रदान गर्न न्यूनतम २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने निर्णय लिएका छौं,’ समाजिक सञ्जाल एक्समा श्रेष्ठले लेखेका छन् ।