काठमाडौं – वैशाख ३० गते हुने स्थानीय चुनावमा सत्ता गठबन्धनबीच महानगर र उपमहानगरको भागबण्डा मिलेको छ। महानगर र उपमहानगरको भागबण्डा मिलेको हो ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भएको भागबण्डाको सहमतिलाई लिखित रूप दिने तयारी भइरहेको बैंठकमा सहभागी एक नेताले जानकारी दिए ।
६ महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर पाएको छ भने माओवादीले भरतपुर, नेकपा (एकीकृत समाजवादी) ले पोखरा र जनता समाजवादीले वीरगन्जको मेयर पाएका छन्।
उपमहानगरमा कांग्रेसले सात र माओवादीले दुई र एकीकृत समाजवादी र जनता समाजवादीले एक/एकमा मेयर पाएका छन्।
कांग्रेसका भागमा धनगढी, नेपालगन्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर परेका छन्। माओवादी केन्द्रले घोराही र जितपुर सिमराको मेयर पाएको छ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादीले जनकपुरको मेयर पाएका छन्।
मेयर पाएका ठाउँमा सोही दलले उपमेयर नपाउने सहमति गठबन्धन दलहरूबीच भएको छ। ‘सहमतिमा अब हस्ताक्षर हुँदैछ,’ पुनले भने,‘केहीबेरमै विस्तृत आउँछ।’