काठमाडौं – राप्रपाले ल्याएको चुनावी घोषणपत्रप्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले टिप्पणी गरेका छन् ।
बुधबारमात्रै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावी प्रतिबद्धता जारी गर्दै सुत्केरीलाई तीन महिनासम्म तीन हजारका दरले दिने घोषणा गरेका थिए ।
यसैप्रति कटाक्ष गर्दै थापाले दलका घोषणापत्र पालिकाको आय बढाउने र रोजगारी सिर्जनालाई प्राथमिकता दिनेभन्दा पनि वितरणमुखी भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्, ‘पालिका भनेको लुटको धनमा फुपूको श्राद्ध गर्ने ठाउँ हो ?’
निःशुल्क विजुली दिने एकीकृत समाजवादीको घोषणापत्रप्रति पनि अध्यक्ष थापाले व्यंग्य गरेका छन् ।
Facebook Comments Box